Sunday, April 27, 2014

पुस्तक पढे पछिको भावना @ प्रतिबद्द

डायमनशमशेर को यो कृति "प्रतिबद्द" मा एक नारी [कथाकी मूल पात्र (ठुली, रुपबती, भागन देबी , कुमारी पाण्डे)] को  प्रेमी दिलिप पराजुली प्रतिको प्रतिबद्दता देखाईएको छ| कथाका मूल पात्र का आमा बाबा को अन्धविस्वासको आडमा, धर्मको नाम मा लुट मच्चाउने मुख्य खलपात्र "महात्मा" को धज्जी उडाउन यो कृति सफल छ| भने राजनीति संग त्यस्ता तथाकथित महात्मा को सम्बन्ध पनि किन र कसरी भन्ने कुरा सफलतापुर्बक देखाईएको छ

ठुलिको चरित्र को लेखाजोखा गर्दा ठुलीको दिलिप संग सुरुवाती सम्बन्ध त्यति ब्यबहारिक नलागे पनि प्रतिबद्दताको लागि भनौ वा महात्मा संग को उसको लडाई ठिक रुपमा प्रस्तुत थियो| तर कथाको अन्त्यमा ठुली अर्थात् कुमारी पाण्डे लाई त्यसरी चुपचाप मार्नु हुन्थेन| त्यसले कथा निकै बियोगान्त बनायो, अर्थात् उपन्यासको अन्त्य त्यति प्रेरणादायी मानिएन

त्यो गृहमन्त्रीको र अरु कृष्ण जस्ता भरौटेको पतन प्रस्ट देखाईएको भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्दछ| अनि त्यो बच्चा को बिजोग पारिएको सारै नमिठो लाग्यो| त्यसलाई ठुली ले ग्रहण गरेको वा दिलिप लाई बुझाएको देखाइनु पर्दथ्यो|

शारदा र माधब नेपाली उर्फ संकर परियार को भूमिका राम्रो लाग्यो| तर जर्नेल को प्रयास सफल भएको देखाईनु पर्दथ्यो|

समग्रमा सृङ्गार रस बढी देखाईएको यस कृति तत्कालिन समय [ भूमिगत राजनीति ताका] को एक प्रतिनिधि कथा मान्न सकिन्छ

यसबाट लिने सिक्क्षा भनेको अति अन्धबिश्वास लिनु हुन्न; महात्मा भित्र जे पनि हुन् सक्दछ, राजनैतिक नेताको उठान को कम्जोर धरातल, सच्चा राजनीतिको बिजोग हुने हुदा राजनीति सुबिधा प्राप्त हरुको फोहोरी खेल हो भन्ने देखाउन खोजिएको छ

यो किताब पढे पछि डायमनशमशेर को थप १-२ किताब पढ्ने थप फुर्ती बाँकि नै राखेको छ|

राजेन्द्र प्रसाद पराजुली 
भिक्टोरिया क्यानाडा 
२७ आप्रइल २०१४ 


Friday, April 25, 2014

पुस्तक पढे पछिको भावना @दमिनी भिर

राजन मुकरुंग द्वारा लिखित यो उपन्यास औसत खालको छ| पुर्बेली समाज, लबज बुझ्न सहायक हुन्छ| पात्र परिचय हो या लेखन अलि गुजुमुजु खालको भएर हो, सलल बग्दैन यो किताब |नाम्देन र टाइसन बाहेक का पात्र हरु जस्तै रम्भा, चेतन ठुलो कान्छो, हान्ग्दिमा ले त्यति ठुलो कथा नबोकेकोले हो कि के हो छन् छाड्दैनन| लेखक को माओबादी पार्टी प्रतिको रुझान, संघियेता, जातीय पहिचान आदि बिषय लाई बढी उठाउन खोजिएको छ

ने क पा एमाओबादी को सहरी बिद्रोह ताकाको कार्यकर्ताको भित्रि मर्म  र ग्रामिण समाजको परिबर्तन देखाइएको छ|

यो पुस्तक मा टाइसन खालका पात्र हरु भरेको भए अझ बढी संदेश हरु भर्न सकिन्थ्यो कि? चर्चा गरिए जस्तो त लागेन र शीर्षक छनौटमा न्याय गरेको देखिएन|

खैर फेसबुक सस्कृति लाई प्रकाशित कृतिमा पहिलो पटक पढ्दा रमाइलो लाग्यो|

राजेन्द्र पराजुली
भिक्टोरिया क्यानाडा
२५ अप्रिल २०१४ 

Thursday, April 3, 2014

पुस्तक पढे पछिको भावना@छापामार युबतीको डायरी

यो पुस्तक एक ग्रामिण युबती कसरी छापामार बनिन?, उसको समग्र आन्दोलनमा  सहभागिता र सक्रिएता कस्तो र किन रहयो?, कसरी उनि  पक्राउ परिन  र सेना संग महिनौ रहदा उनका भोगाई र भावना नै यो पुस्तक को मूल सामग्री जस्तो लाग्यो| साथै जेल सरुवा, जेल प्रशासन का कमि कमजोरी, सुधारको प्रयास र बिद्रोह समेत यो पुस्तकमा समेटिएको छ

सैनिक अधिकृत को सहयोग को ठुलो प्रभाब र यो आन्दोलनमा लागेर हुने/ भएको पछुतो को भावना  " सैनिक वा अन्य व्यक्तिको उपदेस/ अर्ति को" रुपमा व्यक्त गरिएको छ| जे होस् आम संचार मा भएको प्रगति, मानब अधिकार आन्दोलन को प्रभाब ले तारा राइ को उपकार र उद्दार भएको देखाईएको राम्रो लाग्यो| साथै समग्रमा सेना प्रति उनको धारणा राम्रो लाग्यो, हुन् सेना भनेर समग्रता मा धारणा बनाउन हुदो रहेनछ भन्ने सन्देस शायद यो डायरी ले दिन्छ | पढे लेखेका सैनिक अधिकृत ज्यादै बिबेकी हुदा रहेछन भन्ने मिठो र प्रगतिवादी सोच राम्रो  लाग्यो| आस्था को जोस र बिरामीको पिडा को अनौठो जुधाई देखिन्छ यो डायरीमा | तारा राइ को आन्दोलन मा जोडिने प्रसंग त्यति दरो नहुदा नहुदै पनि उनको प्रतिबद्दता प्रसंशनीय देखिन्छ | लेखनमा कुनै प्रभाब र आग्रह नहुनु यस डायरीको बिशेषता मान्न सकिन्छ| धर्मशिला जी को व्यक्तित्व पनि प्रशंसनीय लाग्यो | यस पुस्तकलाई लाई जनादेशका राजु क्षेत्रि ले भने झैँ आन्दोलन को बदनाम गराउने तत्व को कर्म भन्नु त्यति न्याय संगत लागेन किनकि यो पुस्तकले त्यो आन्दालनको पिडा लाई नै बढी उजिल्याएको छ|

राजेन्द्र पराजुली
भिक्टोरिया, क्यानाडा
२०१४ अप्रिल ३ 

Tuesday, March 25, 2014

चिना हराएको मान्छे - हरिवंश आचार्य @पुस्तक पढे पछिका मेरा भावना

यो पुस्तक  का लेखक हरिबंश आचार्य सायद मेरो सब भन्दा मन पर्ने कलाकार हुनुहुन्छ| मलाई लाग्दथ्यो उहालाई सानै देखि बिन्दास जिन्दगि मिलेको होला,, तसर्थ सधै रमाइलो पाराको हुनुहुन्छ ..र त्यस्तै अभिनय गर्नुहुन्छ| तर यो पुस्तक पढेपछि त्यो भावना मात्र होइन बाहिर जे देखिन्छ त्यो हुन्न ..भित्र पिडा भए पनि मान्छे बाहिर हसाउन सक्दछ भन्ने अचम्म को विश्वास पैदा भयो|  
**
लेखन शैली पनि रमाइलो  पारा कै छ, बुढेस कालमा धेरै छोरी पछि हरिवंश पुराण लगाएर जन्मेकोले नाम हरिबंश रहनु, बाबा छोराको तोते  बोलि,  सानैमा टुहुरो हुदाका पिडा, पैसा बनाउने बदमासी, सुन ले गर्दा चिना हराएको घटना, पैत्रिक सम्पति प्रतिको मोह र संगै मोही र तल्सिंग को भित्रि पिडा, घर किन्दा बदमासले पैसा लिएर पास नगरेको घटना, र प्रतिक्रिया, एस एल सी का किस्सा, जस्तै चौथो डिभिजन, रमाइला छन्

इन्डिया मा ट्रेन को ठगि, नाचघरको गुटबन्दि, राजाहरुका सोख, देशका आन्दोलन हरुमा सहभागीता, मह जोडी को गठन र संचालन, र समझ, यो जोडीले समाजमा चेतना को विस्तार मा पुराएको योगदान अतुलनिय छ|
**
हरिबंश जी को श्रीमती प्रतिको आस्था, प्यार र श्रदा , मिरा जी का पिडा हरु, सुत्केरी ताका जन्डिस, पथ्थरी, पाठेघरको क्यान्सर र पेसमेकर र अन्त्यमा ब्रेन ह्यामरेज बाट मृत्यु ,...मोहित को कस्ट ..देश विदेश को घुमाई, मोडेल अस्पतालको सुरु र योगदान नर व भण्डारीको सम्मान, हंगकंग को अवस्था ..सिक्किम भारतमा मिलाईदा को नेपाली प्रतिक्रिया, सिक्किमी को गुनासो... नेपाली नेताको रास्ट्रियता प्रतिको उदासिनता, नेपाली समाज मा पात्र प्रतिको धारणा,..डा बन्दा को प्रसंग,  बिदेशी लगानी र रास्ट्रिय स्वार्थ र  त्यस प्रति को मह को निष्ठा, विदेश यात्रा, पासपोर्ट प्रतिको बिकसित देश का इमिग्रेसन अफिसर को धारणा, बिदेशमा भात खाने र चिन्ने प्रसंग, हरिबंश कसरी सोखिन गायक बने भन्ने प्रसंग, चलचित्र प्रसंग , चरित्र कसरी सिर्जना हुन्थे भन्ने प्रसंग,  नारायण गोपाल को चरित्र, आन्दोलन हरुमा सहभागिता, जन आन्दोलन प्राथमिक उपचार कोष, मह को पुत्ला प्रसंग ,,सुकिला मुकिला हुदा को प्रसंग रमाइला र जानकारीमुलक छन| राजा हरुको थ्यांक्स को मतलब..कृष्ण प्र भट्टराई र गणेशमान, मदन भण्डारी प्रसंग, बाल कलाकारका माग, गोरु लाई जाडको प्रभाब, मिरा जी प्रतिको आस्था श्रदा, रमिला पाठक संगको बिबाह र संदेश, जेठो छोरा, बसुन्धरा जी र डा  समिर को योगदान आदि प्रसंग सबै उत्कृस्ट थिए| धेरै जान्न मन लागेका कुरा जान्न पाईयो|  

मिठा प्रसंग मा बियर खाएर सुतेको राती खुला भोटे कुकुर र पिसाब को प्रसंग, घर समयमा पास नगर्दिदा ..को प्रतिक्रिया, र पैसा बनाउने खेल रमाइला लागे| 

मन परेको कलाकारको जिबनी जस्तो उत्कृस्ट संग्रहणीय कृति पढ्न पाएकोमा खुसि लाग्यो | यहाको रचना आई रहुन , हरिबंश जी

राजेन्द्र प्रसाद पराजुली 
भिक्टोरिया , क्यानाडा 

२५ मार्च २०१४ 

पुस्तक पढे पछिको भावना @सेतो धर्ति


यो पुस्तक शायद मैले पढे जतिका पुस्तकमा उत्कृष्ठ थियो| लेखक अमर नेउपाने को लेखन शैलीको जति तारिफ गरे पनि कम हुन्छ| यो पुस्तक पढ्दा मज्जा लग्नु को अर्को कारण शायद ठेट नेपाली बोलीचालीको भाषा को प्रयोग पनि हो| म जस्ता गाउघरमा जन्मे हुर्के बढेका लाई त ठ्याक्कै आफ्नै गाऊ.. ठाउँ को कथा / दैनिकी जस्तो लाग्ने| हुन पनि हो चितवन र देवघाट को सेरोफेरो राम्ररी बुझेको हुनाले यो पुस्तकले अझ गहिरो प्रभाब पर्यो | चरित्र को सवालमा हुनत पवित्रा चरित्र सम्भब नै छैन भन्न मिल्दैन ..तर सर्सर्ती हेर्दा पवित्रा बाहेक का सबै घटना चरित्र ..  सबै ब्यबहारिक र सन्तुलित छन्| बाबाको छोरी प्रतिको निस्ठुरी भाब अलि ज्यादा हो कि | तर यो पनि असम्भवः हुन्न

नभए कथा सलल बगेको छ, कथा संगै , पत्र संगै मानसिक रुपमा सबै तिर पुग्न सक्नु नै सफल लेखन को इन्डिकेटर हो शायद| कर्णाली ब्जुज मा त्यस्तै मज्जा आएको थियो| यो लेखन सरल भैकन मन छुने तर मनोवृतिको दार्शनिक प्रस्तुती गर्न सफल छ| हो, हजुरआमा हजुरबुबा बाट सुनेका थियौं एस्ता कथा..तर एती रोचक डिटेल संग थिएन| कुकुर को दुध भाइ ले खाएको प्रसंग, सबै भोगाई पछि मात्र मोक्क्ष प्राप्त हुन्छ भन्ने पवित्रा, जमुना र जमुनाकी जेठानीको चरित्र र तारा र पवित्रा को चरित्र मार्फत मानसिक बिचलन अन्य भन्दा अझ नजाती हो भन्ने दर्शन सारै मिठो ढंग ले प्रस्तुत गरिएको छ|

खुट्टामा तेल लगाउने चलन को रमाइलो बर्णन नया पुस्ताले सुन्यो| मिठा प्रसंग मा केटाकेटी भाडा कुटी खेलेको, तिहारको फूलको प्रसंग मिठा छन्| मावली बाट दिएको गाईको प्रसग ले च्वास्स छोयो| र हो है जस्तो लाग्यो

अब तारा हरु घर छाडेर जाने छैनन ..यो मेरो विश्वास हो| नेपालमा यो चेतनाको विकास भएको मा गर्ब गर्नु पर्दछ| देवघाटमा भेटिने आमा हरुले भगवान हुनुहुन्छ नि..भनेको सारै मर्मस्पर्शी लाग्यो..हो हामी सबै डढेको रोटि हेरेर बस्न पर्ने हुनेछौ कुनै दिन..तसर्थ एक अर्कोलाई माया गर्न सकुन्जेल चुक्नु हुन्न| सचि हो देवघाट रमणीय लाग्दछ मलाई पनि,..एकत खानेपानीको कप प्रोजेक्ट मा काम गर्दाको मिठो अनुभब, अर्को २ महिना बिज्ञान बिषय कोचिंग गर्दाको मिठा स्मृति हरु ..म पनि देवघाटमा खुब रमाउछु | बिशेष गरि बिधवा को बेदना को उत्कृस्ट संग्रहणीय कृति पढ्न पाएकोमा खुसि लाग्यो | अमर जी कलम चल्दै गरोस ल..

राजेन्द्र प्रसाद पराजुली 
भिक्टोरिया , क्यानाडा 
२५ मार्च २०१४ 


Saturday, March 8, 2014

प्रयोगशाला - सुधिर शर्मा - मेरो बुझाई

यो पुस्तक लेखकले भने झैँ नेपाली संक्रमणकालमा दिल्ली, माओबादी र दरबारको उतार-चढाबपूर्ण सम्बन्धलाई केन्द्रमा राखेर यी तिन पक्क्ष को भूमिकाको लेखाजोखा  गरिएको रहेछ| यसले माओबादी आन्दोलनको उठान बारे सयमित ब्याख्या दिएको छ| नेपाली समाजमा ब्याप्त अन्याय, शोषण  र  Service Delivery  को कमिले आन्दोलनको उठान भए पनि यसको फैलावटमा  दरबार र भारतको भूमिकाको सटिक बिश्लेषण गरेको छ| भारतको नजरमा एकातिर प्रचण्ड को अविस्वासनिय छबी   अर्कोतिर  डा बाबुराम भट्टराइको साच्चिकैको लोकप्रियता, प्राज्ञिक उत्कृस्टता र विश्वासनियता र आफ्नो राजनैतिक मान्यतामा निरन्तरता को कारणले यो माओबादी, दरबार र भारतको समिकरणमा निक्कै रोचक मोडहरु आएको देखाइएको छ|

मुख्यत सधै साचो नहुदा नहुदै पनि नेपाली नेताको हिनताबोध अर्थात् सबै कुरा भारतले चाहे मात्र सम्भब छ भन्ने लघुताभास नेतामा मात्र होइन कि समग्र समाज को मानसिकता मा हुनु सार्वभौमसत्ता को चुनौती हो भन्ने कुरा सोह्रै आना सहि छ|

बिशेष अवस्था र बिषय बाहेक डा बाबुराम भट्टराई ले भने जस्तै पहिले आर्थीक प्रगति अनि समानता, सार्वभौमिकता, र रास्ट्रबाद को लडाई प्राथमिकतामा पर्नु पर्दछ भन्ने  धारणा ठिक जस्तो लाग्यो|

नेपालमा मुद्दा उठान र बैठान मा [ जस्तै मधेस आन्दोलन, जनजाती आन्दोलन आदिमा] बिदेशीको बढ्दो हस्तक्षेप आस्चर्यचकित पर्ने खालको रहेछ|

एक अर्कोलाई प्रयोग गर्न खोज्दा राजसस्था को जरो उखेलिएको प्रसंग मार्मिक लाग्यो| भित्रि चलखेल बार्ताका प्रसंग, रुक्मांगद कटवालको भूमिका रमाइलो लाग्यो| ज्ञानेन्द्र को असफलताको कारण को बिश्लेषण चित्त बुझ्दो छ| भारतको नेपालमा  माओबादी  संसदीय दल  र दरबार संगको  सम्बन्धको उतार चढाब र बर्तमानको  सुरक्षा चिन्ताको नजरको हेराइ र भाबी आबस्यकता [उपल्लो स्तर को सम्बन्धको बिस्तारको खाचो] को बिस्लेषण सहि छ| माओवादी भित्रकै सक्ति सन्तुलन, र इतिहास रोचक ढंगले राखिएको रहेछ| नेपालमा कसरी गणतन्त्रको सम्भावना बढेछ त्यस्को सहि बिस्लेषण छ| समग्रमा नेपाल लाई  कसरी बिदेशी स्वार्थ [नीति] को प्रयोगशाला बनाइएको रहेछ त्यो बुझ्न यो किताब पढ़निय छ| धेरै कुराको गहिरो बिश्लेषण मिल्दछ| सुधिर शर्मा ज्युका अरु येस्तै कृति को अपेक्षा रहने छ|

पढ्न को लागि किताब उपलब्ध गराइदिने [साटासाट] चन्द्र साबी जी लाई धन्यबाद| 

मिति २०७० फाल्गुन
राजेन्द्र प्रसाद पराजुली 

भिक्टोरिया, क्यानाडा 

Tuesday, April 17, 2012

पुस्तक पढेपछि को भाबना: अलिखित (ध्रुबचन्द्र गौतम)







२०४० सालको मदन पुरस्कार प्राप्त यस पुस्तक  त्रिभूवन बिश्व विद्यालयको नेपाली बिभागका प्राध्यापक ध्रुबचन्द्र गौतम द्वारा लिखित यस पुस्तकले कुनै उत्खनन कार्यको लागि तराई पुगेको ११ सदस्यीय टोलीको बर्ष दिन लामो बसाई को क्रममा आफ्ना भोगाइ र गाउले हरुका कथा, व्यथा,थिचोमिचो, जमिन्दारी, प्रजातन्त्र को स्वरुप., सस्कृति आदिको को सूक्ष्म बिबेचना छ यस कृतिमा, तराइको समग्र पत्रलाई केलाएर उपन्यास को रुप दिईएको छ/

तराई बसेका नबसेका हरुको लागि त्यहाँ को जनजिबन बुझ्ने सहज माध्याम बन्ने आशा र बिश्वाश गर्दछु/

राजेन्द्र प्रसाद पराजुली
टोक्यो ,जापान
२०१२ अप्रिल १८



Monday, April 9, 2012

पुस्तक पढेपछि को भावना :सुम्निमा


विश्वेश्वरप्रसाद कोइरालाको उत्कृष्ट उपन्यास ‘‘सुम्निमा’’ सुरुमा पढ्दा निक्कै क्लिस्ट भएकोले पाठक विकर्षण हुन् सक्दछन /तर जब जब कथा अगाडी बढ्दछ रुची उति नै बढ्दछ, हुन सस्कृत सब्द अलि बढी नै छन्/ बि पि का अनुसार यस उपन्यासबाट आर्यचिन्तन जसले  कल्पना, भबिस्य (हावा) मा बढी बिश्वाश गर्दछन र किरातहरु "जो वर्तमान र सरीरमा बिश्वास गर्दछन" को कलात्मक बिबेचना देखाईएको छ/ सुर्यदत्त जबर्जस्ति छोरा शोमदत्त लाई ऋषि बनाउन चाहन्छन ..त्यसै अनुसार बालकको पालनपोषण शिक्क्षादिक्क्षा हुन्छ /त्यसै क्रममा किरात समुदायकि सुम्निमा कथामा प्रवेश गर्दछिन, उनको समग्र भूमिका राम्रो छ/ सोमदत्त लाई अलि अस्पस्ट भूमिका मा देखाइएको छ/ यौन मनोविज्ञान मा आधारित यो पुस्तक पठनीय छ/ कथाले प्रकृति संग नजिकिने सल्लाह दिन्छ र आडम्बर भन्दा वर्तमानको खुसि ठिक हो, जाति प्रथा गलत हो भन्ने बिद्रोह छ यस कृति मा / पुलोमाको चरित्र द्वारा एक नारीको वास्तविक मनोविज्ञान देखाईएको छ /..सुर्यदत्त सोमदत्त, सुम्निमा, बिजुवा र पुलोमा सबै पात्र जिबन्त छन् / 

अडियो को लिंक

राजेन्द्र प्रसाद पराजुली
टोक्यो , जापान,
अप्रिल१० २०१२

पुरानो  प्रति को तस्बिर 

Sumnima : A Book By BP Koirala 
 
If you want to buy, click here
 
About The Book
Sumnima : A famous Nepali Novel by B P Koirala, a former Prime Minister of Nepal : Is about the painful complications that arise in a man-woman relationship. The story is about the powerful attraction that exists between a Brahmin boy and an ordinary girl. It deals with the conflict within the boy who also wishes to pursue Spiritual salvation but is torn between his desire for this Woman and his urge for spiritual emancipation. To surmount carnal desires is not possible for an ordinary mortal and the pleasures of the flesh have a place in life. The Brahmin boy is serious about his spiritual goals but succumbs to the charms of a lovely girl.

Sumnima was viewed as highly controversial when it first appeared in Nepal. The author was accused of inciting communal feelings against certain sections of Nepali society. The book was also looked upon as an attempt to project Brahmins as superior beings.As a result, copies of the book were burnt by a particular community to express their anguish against its publication.