Monday, February 20, 2012

पुस्तक पढे पछिको भावना: तेजोष्सी

यो पुस्तक को बिशेषता भन्नु पर्दा एक विजातीय बुहारी (लेखक: सुलोचना मानन्धर ज्यु, जो डा सरोज धिताल ज्यु कि धर्म पत्नी र डा रोलिना धिताल को ममी हुनुहुन्छ ) कसरि "स्व्यमपाक्य" कट्टर न्यायाधीश  ससुरा (तेज प्रसाद धिताल) लाई आफ्नो सेवा, समर्पण, निष्ठा र स्रद्दा ले मृत्यु को अग्र घडी मा हर कुनै तिर्थ पुग्दा १ अन्जुली जल तर्पण गर्नु है बुहारी भन्न पुग्नु भयो त  भन्ने पाटो को मार्मिक चित्रण गरिएको रहेछ/

यो  किताब श्रदा सुमन व्यक्त गर्न प्रकाशित गरिएको भएपनि एक पटक पढ्दा तात्कालिक समाज को चित्रण सालिन, सुशील तथा सभ्य बुहारीको कलम बाट पढ्न पाईन्छ , जसले हाल को  Transition  मा रहेको समाज संग  Deal   गर्ने सिप दिन सक्दछ/

यो किताप पढ्दा, धेरै पटक मुटु ढक्क फुल्छ, भक्कानो बस्दछ,..र सुलोचना जी को तत्कालिन सामाजिक संक्रिनता माथिको कुशल  विजय को लागि श्रदा व्यक्त गर्न मन लाग्दछ,/

खैर त्यो फलफुल मा ओमकारको प्रसंग बिज्ञान का बिद्यार्थीहरु लाई अलि अनौठो लाग्न सक्दछ/

धन्यबाद डा रोलिना धिताल , पुस्तक पढ्ने अवसर दिएको मा ..जापान मा कोहि पढ्न चाहनु हुन्छ भने फिर्ता गर्ने सर्त मा उपलब्ध छ/

सारै मन पारेको बाक्य र प्रतिक्रिया..


"सुलोचना, तिमि कुनै दिन कुनै तिर्थमा पुग्यौ भने मलाई एक अन्जुली जल दिन नबिर्सनु है"-

कुलिन तथा कट्टर ब्रामण कुलमा भित्रिएकी विजातीय बुहारीको बिशिष्ठ गुण (शालीनता,बिनयशिलता सरलता, हार्दिकता, सहिष्णुता, बिबेक्शिलता आदि ) र क्षमता (बौदीकता, परिवार संयोजन, र व्यबस्थापकिय कार्य कौशलता साहित्य सिर्जना सटिक निर्णय दक्षता ) आदिले तत्कालिन समयको कट्टर समाज मा कोमल र बिबेकशिल न्यायाधिश ससुरा बाट त्यो सम्मान पाउन सफल हुनुभएको होला..



राजेन्द्र  प्रसाद पराजुली
हाल टोक्यो जापान,
२१ फेब्रुबरी २०१२

No comments:

Post a Comment