यो पुस्तक शायद मैले पढे जतिका
पुस्तकमा उत्कृष्ठ थियो| लेखक अमर नेउपाने को लेखन शैलीको जति तारिफ गरे पनि
कम हुन्छ| यो पुस्तक पढ्दा मज्जा लग्नु को अर्को कारण शायद
ठेट नेपाली बोलीचालीको भाषा को प्रयोग पनि हो| म जस्ता
गाउघरमा जन्मे हुर्के बढेका लाई त ठ्याक्कै आफ्नै गाऊ.. ठाउँ को कथा / दैनिकी
जस्तो लाग्ने| हुन पनि हो चितवन र देवघाट को सेरोफेरो
राम्ररी बुझेको हुनाले यो पुस्तकले अझ गहिरो प्रभाब पर्यो | चरित्र
को सवालमा हुनत पवित्रा चरित्र सम्भब नै छैन भन्न मिल्दैन ..तर सर्सर्ती हेर्दा
पवित्रा बाहेक का सबै घटना चरित्र .. सबै ब्यबहारिक र सन्तुलित छन्| बाबाको छोरी प्रतिको निस्ठुरी भाब अलि ज्यादा हो कि | तर यो पनि असम्भवः हुन्न |
नभए कथा सलल
बगेको छ, कथा संगै , पत्र संगै मानसिक
रुपमा सबै तिर पुग्न सक्नु नै सफल लेखन को इन्डिकेटर हो शायद| कर्णाली ब्जुज मा त्यस्तै मज्जा आएको थियो| यो लेखन
सरल भैकन मन छुने तर मनोवृतिको दार्शनिक प्रस्तुती गर्न सफल छ| हो, हजुरआमा हजुरबुबा बाट सुनेका थियौं एस्ता
कथा..तर एती रोचक डिटेल संग थिएन| कुकुर को दुध भाइ ले खाएको
प्रसंग, सबै भोगाई पछि मात्र मोक्क्ष प्राप्त हुन्छ भन्ने
पवित्रा, जमुना र जमुनाकी जेठानीको चरित्र र तारा र पवित्रा
को चरित्र मार्फत मानसिक बिचलन अन्य भन्दा अझ नजाती हो भन्ने दर्शन सारै मिठो ढंग
ले प्रस्तुत गरिएको छ|
खुट्टामा तेल
लगाउने चलन को रमाइलो बर्णन नया पुस्ताले सुन्यो| मिठा प्रसंग मा
केटाकेटी भाडा कुटी खेलेको, तिहारको फूलको प्रसंग मिठा छन्|
मावली बाट दिएको गाईको प्रसग ले च्वास्स छोयो| र हो है जस्तो लाग्यो|
अब तारा हरु घर
छाडेर जाने छैनन ..यो मेरो विश्वास हो| नेपालमा यो चेतनाको विकास भएको मा गर्ब गर्नु पर्दछ|
देवघाटमा भेटिने आमा हरुले भगवान हुनुहुन्छ नि..भनेको सारै
मर्मस्पर्शी लाग्यो..हो हामी सबै डढेको रोटि हेरेर बस्न पर्ने हुनेछौ कुनै
दिन..तसर्थ एक अर्कोलाई माया गर्न सकुन्जेल चुक्नु हुन्न| सचि
हो देवघाट रमणीय लाग्दछ मलाई पनि,..एकत खानेपानीको कप
प्रोजेक्ट मा काम गर्दाको मिठो अनुभब, अर्को २ महिना बिज्ञान
बिषय कोचिंग गर्दाको मिठा स्मृति हरु ..म पनि देवघाटमा खुब रमाउछु | बिशेष गरि बिधवा को बेदना को उत्कृस्ट संग्रहणीय कृति पढ्न पाएकोमा खुसि
लाग्यो | अमर जी कलम चल्दै गरोस ल..
राजेन्द्र
प्रसाद पराजुली
भिक्टोरिया , क्यानाडा
२५ मार्च २०१४
No comments:
Post a Comment