डायमनशमशेर को
यो कृति "प्रतिबद्द" मा एक नारी [कथाकी मूल पात्र (ठुली,
रुपबती, भागन देबी , कुमारी
पाण्डे)] को प्रेमी दिलिप पराजुली प्रतिको प्रतिबद्दता देखाईएको छ| कथाका मूल पात्र का आमा बाबा को अन्धविस्वासको आडमा, धर्मको नाम मा लुट मच्चाउने मुख्य खलपात्र "महात्मा" को धज्जी उडाउन यो कृति सफल छ|
भने राजनीति संग त्यस्ता तथाकथित महात्मा को सम्बन्ध पनि किन र कसरी भन्ने कुरा सफलतापुर्बक देखाईएको छ|
ठुलिको चरित्र को लेखाजोखा गर्दा ठुलीको दिलिप संग सुरुवाती सम्बन्ध त्यति ब्यबहारिक नलागे पनि प्रतिबद्दताको लागि भनौ वा महात्मा संग को उसको लडाई ठिक रुपमा प्रस्तुत थियो| तर कथाको अन्त्यमा ठुली अर्थात् कुमारी पाण्डे लाई त्यसरी चुपचाप मार्नु हुन्थेन| त्यसले कथा निकै बियोगान्त बनायो, अर्थात् उपन्यासको अन्त्य त्यति प्रेरणादायी मानिएन|

त्यो गृहमन्त्रीको र अरु कृष्ण जस्ता भरौटेको पतन प्रस्ट देखाईएको
भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्दछ| अनि त्यो बच्चा को बिजोग पारिएको सारै
नमिठो लाग्यो| त्यसलाई ठुली ले ग्रहण गरेको वा दिलिप लाई
बुझाएको देखाइनु पर्दथ्यो|
शारदा
र माधब नेपाली उर्फ संकर परियार को भूमिका राम्रो लाग्यो|
तर जर्नेल को प्रयास सफल भएको देखाईनु पर्दथ्यो|
समग्रमा
सृङ्गार रस बढी देखाईएको यस कृति तत्कालिन समय [ भूमिगत राजनीति ताका] को एक
प्रतिनिधि कथा मान्न सकिन्छ|
यसबाट
लिने सिक्क्षा भनेको अति अन्धबिश्वास लिनु हुन्न; महात्मा भित्र जे पनि हुन् सक्दछ, राजनैतिक नेताको
उठान को कम्जोर धरातल, सच्चा राजनीतिको बिजोग हुने हुदा राजनीति सुबिधा प्राप्त हरुको फोहोरी खेल हो भन्ने देखाउन खोजिएको छ|
यो किताब पढे पछि डायमनशमशेर को थप
१-२ किताब पढ्ने थप फुर्ती बाँकि नै राखेको छ|
राजेन्द्र
प्रसाद पराजुली
भिक्टोरिया
क्यानाडा
२७ आप्रइल २०१४