Tuesday, March 25, 2014

चिना हराएको मान्छे - हरिवंश आचार्य @पुस्तक पढे पछिका मेरा भावना

यो पुस्तक  का लेखक हरिबंश आचार्य सायद मेरो सब भन्दा मन पर्ने कलाकार हुनुहुन्छ| मलाई लाग्दथ्यो उहालाई सानै देखि बिन्दास जिन्दगि मिलेको होला,, तसर्थ सधै रमाइलो पाराको हुनुहुन्छ ..र त्यस्तै अभिनय गर्नुहुन्छ| तर यो पुस्तक पढेपछि त्यो भावना मात्र होइन बाहिर जे देखिन्छ त्यो हुन्न ..भित्र पिडा भए पनि मान्छे बाहिर हसाउन सक्दछ भन्ने अचम्म को विश्वास पैदा भयो|  
**
लेखन शैली पनि रमाइलो  पारा कै छ, बुढेस कालमा धेरै छोरी पछि हरिवंश पुराण लगाएर जन्मेकोले नाम हरिबंश रहनु, बाबा छोराको तोते  बोलि,  सानैमा टुहुरो हुदाका पिडा, पैसा बनाउने बदमासी, सुन ले गर्दा चिना हराएको घटना, पैत्रिक सम्पति प्रतिको मोह र संगै मोही र तल्सिंग को भित्रि पिडा, घर किन्दा बदमासले पैसा लिएर पास नगरेको घटना, र प्रतिक्रिया, एस एल सी का किस्सा, जस्तै चौथो डिभिजन, रमाइला छन्

इन्डिया मा ट्रेन को ठगि, नाचघरको गुटबन्दि, राजाहरुका सोख, देशका आन्दोलन हरुमा सहभागीता, मह जोडी को गठन र संचालन, र समझ, यो जोडीले समाजमा चेतना को विस्तार मा पुराएको योगदान अतुलनिय छ|
**
हरिबंश जी को श्रीमती प्रतिको आस्था, प्यार र श्रदा , मिरा जी का पिडा हरु, सुत्केरी ताका जन्डिस, पथ्थरी, पाठेघरको क्यान्सर र पेसमेकर र अन्त्यमा ब्रेन ह्यामरेज बाट मृत्यु ,...मोहित को कस्ट ..देश विदेश को घुमाई, मोडेल अस्पतालको सुरु र योगदान नर व भण्डारीको सम्मान, हंगकंग को अवस्था ..सिक्किम भारतमा मिलाईदा को नेपाली प्रतिक्रिया, सिक्किमी को गुनासो... नेपाली नेताको रास्ट्रियता प्रतिको उदासिनता, नेपाली समाज मा पात्र प्रतिको धारणा,..डा बन्दा को प्रसंग,  बिदेशी लगानी र रास्ट्रिय स्वार्थ र  त्यस प्रति को मह को निष्ठा, विदेश यात्रा, पासपोर्ट प्रतिको बिकसित देश का इमिग्रेसन अफिसर को धारणा, बिदेशमा भात खाने र चिन्ने प्रसंग, हरिबंश कसरी सोखिन गायक बने भन्ने प्रसंग, चलचित्र प्रसंग , चरित्र कसरी सिर्जना हुन्थे भन्ने प्रसंग,  नारायण गोपाल को चरित्र, आन्दोलन हरुमा सहभागिता, जन आन्दोलन प्राथमिक उपचार कोष, मह को पुत्ला प्रसंग ,,सुकिला मुकिला हुदा को प्रसंग रमाइला र जानकारीमुलक छन| राजा हरुको थ्यांक्स को मतलब..कृष्ण प्र भट्टराई र गणेशमान, मदन भण्डारी प्रसंग, बाल कलाकारका माग, गोरु लाई जाडको प्रभाब, मिरा जी प्रतिको आस्था श्रदा, रमिला पाठक संगको बिबाह र संदेश, जेठो छोरा, बसुन्धरा जी र डा  समिर को योगदान आदि प्रसंग सबै उत्कृस्ट थिए| धेरै जान्न मन लागेका कुरा जान्न पाईयो|  

मिठा प्रसंग मा बियर खाएर सुतेको राती खुला भोटे कुकुर र पिसाब को प्रसंग, घर समयमा पास नगर्दिदा ..को प्रतिक्रिया, र पैसा बनाउने खेल रमाइला लागे| 

मन परेको कलाकारको जिबनी जस्तो उत्कृस्ट संग्रहणीय कृति पढ्न पाएकोमा खुसि लाग्यो | यहाको रचना आई रहुन , हरिबंश जी

राजेन्द्र प्रसाद पराजुली 
भिक्टोरिया , क्यानाडा 

२५ मार्च २०१४ 

पुस्तक पढे पछिको भावना @सेतो धर्ति


यो पुस्तक शायद मैले पढे जतिका पुस्तकमा उत्कृष्ठ थियो| लेखक अमर नेउपाने को लेखन शैलीको जति तारिफ गरे पनि कम हुन्छ| यो पुस्तक पढ्दा मज्जा लग्नु को अर्को कारण शायद ठेट नेपाली बोलीचालीको भाषा को प्रयोग पनि हो| म जस्ता गाउघरमा जन्मे हुर्के बढेका लाई त ठ्याक्कै आफ्नै गाऊ.. ठाउँ को कथा / दैनिकी जस्तो लाग्ने| हुन पनि हो चितवन र देवघाट को सेरोफेरो राम्ररी बुझेको हुनाले यो पुस्तकले अझ गहिरो प्रभाब पर्यो | चरित्र को सवालमा हुनत पवित्रा चरित्र सम्भब नै छैन भन्न मिल्दैन ..तर सर्सर्ती हेर्दा पवित्रा बाहेक का सबै घटना चरित्र ..  सबै ब्यबहारिक र सन्तुलित छन्| बाबाको छोरी प्रतिको निस्ठुरी भाब अलि ज्यादा हो कि | तर यो पनि असम्भवः हुन्न

नभए कथा सलल बगेको छ, कथा संगै , पत्र संगै मानसिक रुपमा सबै तिर पुग्न सक्नु नै सफल लेखन को इन्डिकेटर हो शायद| कर्णाली ब्जुज मा त्यस्तै मज्जा आएको थियो| यो लेखन सरल भैकन मन छुने तर मनोवृतिको दार्शनिक प्रस्तुती गर्न सफल छ| हो, हजुरआमा हजुरबुबा बाट सुनेका थियौं एस्ता कथा..तर एती रोचक डिटेल संग थिएन| कुकुर को दुध भाइ ले खाएको प्रसंग, सबै भोगाई पछि मात्र मोक्क्ष प्राप्त हुन्छ भन्ने पवित्रा, जमुना र जमुनाकी जेठानीको चरित्र र तारा र पवित्रा को चरित्र मार्फत मानसिक बिचलन अन्य भन्दा अझ नजाती हो भन्ने दर्शन सारै मिठो ढंग ले प्रस्तुत गरिएको छ|

खुट्टामा तेल लगाउने चलन को रमाइलो बर्णन नया पुस्ताले सुन्यो| मिठा प्रसंग मा केटाकेटी भाडा कुटी खेलेको, तिहारको फूलको प्रसंग मिठा छन्| मावली बाट दिएको गाईको प्रसग ले च्वास्स छोयो| र हो है जस्तो लाग्यो

अब तारा हरु घर छाडेर जाने छैनन ..यो मेरो विश्वास हो| नेपालमा यो चेतनाको विकास भएको मा गर्ब गर्नु पर्दछ| देवघाटमा भेटिने आमा हरुले भगवान हुनुहुन्छ नि..भनेको सारै मर्मस्पर्शी लाग्यो..हो हामी सबै डढेको रोटि हेरेर बस्न पर्ने हुनेछौ कुनै दिन..तसर्थ एक अर्कोलाई माया गर्न सकुन्जेल चुक्नु हुन्न| सचि हो देवघाट रमणीय लाग्दछ मलाई पनि,..एकत खानेपानीको कप प्रोजेक्ट मा काम गर्दाको मिठो अनुभब, अर्को २ महिना बिज्ञान बिषय कोचिंग गर्दाको मिठा स्मृति हरु ..म पनि देवघाटमा खुब रमाउछु | बिशेष गरि बिधवा को बेदना को उत्कृस्ट संग्रहणीय कृति पढ्न पाएकोमा खुसि लाग्यो | अमर जी कलम चल्दै गरोस ल..

राजेन्द्र प्रसाद पराजुली 
भिक्टोरिया , क्यानाडा 
२५ मार्च २०१४