Wednesday, February 22, 2012

पुस्तक पढे पछी को भावना:माइक्रोसफ्ट देखि बाहुनडाँडा सम्म

जोन  उड द्वारा लेखिएको माइक्रोसफ्ट देखि बाहुनडाँडा सम्म [  Leaving Microsoft to change the world] पुस्तक अहिले पढिरहेको छु / यो पुस्तक निक्कै राम्रो भएकोले र सफल सामाजिक करियरको लागि उत्प्रेरणादायी पुस्तक रहेकोले किताब भित्रका मर्मस्पर्शी बाक्य समेत समेट्ने कोशिश गरेको छु/ ..यसले बिकाससिल मुलुकका लाखौ अशिक्षित बालबालिका को शिक्षा प्रति  को आफ्नो सामाजिक  दयित्वबोध गरेको एक सफल समाज सुधारकको जिबन कथा बोकेको छ/ जोन उडले जस्तै बिकसित मुलुकका थप केहि उत्साही युवा यस्तो सामाजिक जिम्बेबारी बोध गर्न सके संसार कति सुन्दर हुन्थ्यो होला..?

अध्याय अनुसार
  १) मैन बत्तिको प्रकाशमा नाचिरहेको ..

-तिमि मनिसको आत्मामा चियाएर उसलाई चिन्न चाहन्छौ  भने उ हासेको हेर ..राम्ररी हास्छ भने उ असल मानिस हो..दोस्तोबस्की 

- आफुमा कार्य गर्ने र केहि बन्ने कत्रो अजंग को क्षमता रहेछ भनेर चाल पाउदा हरेक मनिस जति डराउदछ , त्यति अरु कुनै कुरा बाट डराउदैन - जोन उड 

-२) तिमि छिटो घर आउनु पर्यो 

- बिहे भएको केहि दसक पछि हरेक दम्पतिको आफ्नै किसिमको छोटो भाषा बन्छ ..

३)काम गर्न थालनीका दिन हरु 

-भाडामा लिएको कार कसैले सफा गर्दैन- ownership हुनुपर्दछ जतन को लागि ...

- मुनाफा नकमाउने क्षेत्रका  धेरैजसो मानिसमा  नौ -पाच को मानसिकता हुन्छ ..

४) नेपाल बाट आएको पोस्ट कार्ड 

-कि त उच्च विचार लेउ..कि घर जाउ 

-आज यो संसार सामु अजंग का समस्या छन्../यो कसैको मुख ताक्ने समय होइन/ कुनै ध्येय तपाईको समय अर्पण गर्न लायकको छ भने जसको सेवा गर्न चाहनुहुन्छ तिनलाई मनमा राखेर तपाइँ आफै अघि सर्नुहोस..

५) मुनाफा नकमाउने माईक्रोसफ्टको निर्माण

- महान मनिसको घेरामा रहन पाउनु मेरो अहोभाग्य हो जसले मलाई सुन्दर देखिन सघाउ पुराउदछ 

६) सुनामी 
             - तपाईं ले मानिसलाई गहिराईमा पुग्न, सृजनात्मक रुपले सोच्न, र असाधारण नतिजा पैदा गर्न आग्रह गर्नु भयो भने प्राय: तिनले त्यस्तो नतिजा पैदा गरेरै छाड्छन/ तर हाम्रो आधुनिक बिश्व मा मानिसलाई त्यसरी आग्रह नै गरिदैन , श्रीलंका मा रुम टु रिड सफल भएको मा निष्कर्ष निकाल्दै ..


तपाई साच्चै  केहि थाल्नु हुन्छ भने अध्ययन तिर बढी समय खर्चनु भन्दा हिम्मत का साथ काम आटि हाल्नुस..कुरा छाडनुस, कर्म थाल्नुस,..

७) तपाई जे हुनुहुन्छ, त्यो भन्दा फरक हुने इच्छा गर्नुहोस, र परिपूर्ण रुपले त्यहि भईरहने कोशिश गर्नुहोस./

थप अपडेट को लागि  www.roomtoread.org.


धन्यबाद 

राजेन्द्र  प्रसाद पराजुली
१  मार्च २०१२






पुस्तक पढे पछि को भाब :प्रतिरोध


सी पि गजुरेल ज्यु को यो पुस्तक “प्रतिरोध” निक्कै मार्मिक छ, ससस्त्र संघर्ष ताका भएका दमन अत्याचार (उहाको भाषामा) निक्कै मर्मस्पर्शी छन/, यो पुस्तक पढ्दा किन र कसरि हजारौ को संख्या मा मानिस त्यो बेलाको ससस्त्र संघर्षमा ओर्लिए त ? भन्ने कुराको उत्तर दिन्छ/ सामन्तबाद को हार, ससस्त्र संघर्षका राम्रा पक्क्ष वा  जित,..समाज को थिचोमिचो ..अर्थात् एक माओबादी को एक  बरिष्ठ नेता को नजर मा त्यो बेलाको समाज चित्रित गर्दै ससस्त्र संघर्ष को खाचो पुस्टि गर्ने पुस्तक  हो यो../,..एक पटक जो कसैले पनि त्यो पुस्तक पढेपछि..के सोचियो  पहिले..के भयो अहिले भन्नु हुनेछ..आशिर्बाद छ, माओबादी नेत्रित्व लाई जुन सपना देखेर/देखाएर १४,००० नेपाली को बलिदान भयो..त्यसको सान्दर्भिकता, औचित्य पुस्ठी गर्ने सफलता मिलोस..गरिब निमुखा जनता ले साच्चिकै राहत पाउन ..न्यायपूर्ण  समाज को बिकाश होस्..तर दुर्भाग्य अहिले त्यस्तो अवस्था आकलन गर्ने स्पेस छैन..तर आशा गरौ..त्यो दिन आओस..

राजेन्द्र प्रसाद पराजुली
टोक्यो जापान
फेब्रुबरी २३ , २०१२

Monday, February 20, 2012

पुस्तक पढे पछिको भावना: तेजोष्सी

यो पुस्तक को बिशेषता भन्नु पर्दा एक विजातीय बुहारी (लेखक: सुलोचना मानन्धर ज्यु, जो डा सरोज धिताल ज्यु कि धर्म पत्नी र डा रोलिना धिताल को ममी हुनुहुन्छ ) कसरि "स्व्यमपाक्य" कट्टर न्यायाधीश  ससुरा (तेज प्रसाद धिताल) लाई आफ्नो सेवा, समर्पण, निष्ठा र स्रद्दा ले मृत्यु को अग्र घडी मा हर कुनै तिर्थ पुग्दा १ अन्जुली जल तर्पण गर्नु है बुहारी भन्न पुग्नु भयो त  भन्ने पाटो को मार्मिक चित्रण गरिएको रहेछ/

यो  किताब श्रदा सुमन व्यक्त गर्न प्रकाशित गरिएको भएपनि एक पटक पढ्दा तात्कालिक समाज को चित्रण सालिन, सुशील तथा सभ्य बुहारीको कलम बाट पढ्न पाईन्छ , जसले हाल को  Transition  मा रहेको समाज संग  Deal   गर्ने सिप दिन सक्दछ/

यो किताप पढ्दा, धेरै पटक मुटु ढक्क फुल्छ, भक्कानो बस्दछ,..र सुलोचना जी को तत्कालिन सामाजिक संक्रिनता माथिको कुशल  विजय को लागि श्रदा व्यक्त गर्न मन लाग्दछ,/

खैर त्यो फलफुल मा ओमकारको प्रसंग बिज्ञान का बिद्यार्थीहरु लाई अलि अनौठो लाग्न सक्दछ/

धन्यबाद डा रोलिना धिताल , पुस्तक पढ्ने अवसर दिएको मा ..जापान मा कोहि पढ्न चाहनु हुन्छ भने फिर्ता गर्ने सर्त मा उपलब्ध छ/

सारै मन पारेको बाक्य र प्रतिक्रिया..


"सुलोचना, तिमि कुनै दिन कुनै तिर्थमा पुग्यौ भने मलाई एक अन्जुली जल दिन नबिर्सनु है"-

कुलिन तथा कट्टर ब्रामण कुलमा भित्रिएकी विजातीय बुहारीको बिशिष्ठ गुण (शालीनता,बिनयशिलता सरलता, हार्दिकता, सहिष्णुता, बिबेक्शिलता आदि ) र क्षमता (बौदीकता, परिवार संयोजन, र व्यबस्थापकिय कार्य कौशलता साहित्य सिर्जना सटिक निर्णय दक्षता ) आदिले तत्कालिन समयको कट्टर समाज मा कोमल र बिबेकशिल न्यायाधिश ससुरा बाट त्यो सम्मान पाउन सफल हुनुभएको होला..



राजेन्द्र  प्रसाद पराजुली
हाल टोक्यो जापान,
२१ फेब्रुबरी २०१२