Thursday, April 3, 2014

पुस्तक पढे पछिको भावना@छापामार युबतीको डायरी

यो पुस्तक एक ग्रामिण युबती कसरी छापामार बनिन?, उसको समग्र आन्दोलनमा  सहभागिता र सक्रिएता कस्तो र किन रहयो?, कसरी उनि  पक्राउ परिन  र सेना संग महिनौ रहदा उनका भोगाई र भावना नै यो पुस्तक को मूल सामग्री जस्तो लाग्यो| साथै जेल सरुवा, जेल प्रशासन का कमि कमजोरी, सुधारको प्रयास र बिद्रोह समेत यो पुस्तकमा समेटिएको छ

सैनिक अधिकृत को सहयोग को ठुलो प्रभाब र यो आन्दोलनमा लागेर हुने/ भएको पछुतो को भावना  " सैनिक वा अन्य व्यक्तिको उपदेस/ अर्ति को" रुपमा व्यक्त गरिएको छ| जे होस् आम संचार मा भएको प्रगति, मानब अधिकार आन्दोलन को प्रभाब ले तारा राइ को उपकार र उद्दार भएको देखाईएको राम्रो लाग्यो| साथै समग्रमा सेना प्रति उनको धारणा राम्रो लाग्यो, हुन् सेना भनेर समग्रता मा धारणा बनाउन हुदो रहेनछ भन्ने सन्देस शायद यो डायरी ले दिन्छ | पढे लेखेका सैनिक अधिकृत ज्यादै बिबेकी हुदा रहेछन भन्ने मिठो र प्रगतिवादी सोच राम्रो  लाग्यो| आस्था को जोस र बिरामीको पिडा को अनौठो जुधाई देखिन्छ यो डायरीमा | तारा राइ को आन्दोलन मा जोडिने प्रसंग त्यति दरो नहुदा नहुदै पनि उनको प्रतिबद्दता प्रसंशनीय देखिन्छ | लेखनमा कुनै प्रभाब र आग्रह नहुनु यस डायरीको बिशेषता मान्न सकिन्छ| धर्मशिला जी को व्यक्तित्व पनि प्रशंसनीय लाग्यो | यस पुस्तकलाई लाई जनादेशका राजु क्षेत्रि ले भने झैँ आन्दोलन को बदनाम गराउने तत्व को कर्म भन्नु त्यति न्याय संगत लागेन किनकि यो पुस्तकले त्यो आन्दालनको पिडा लाई नै बढी उजिल्याएको छ|

राजेन्द्र पराजुली
भिक्टोरिया, क्यानाडा
२०१४ अप्रिल ३