Sunday, August 1, 2010

एनआरएन जापानले चेपाङ बिद्यार्थीका लागि खाजाको ब्यवस्था गर्ने

नेपाल महोत्सब का आयोजक हरुको सहयोग मा स्कुल टाढा भई दिउसो को खाजा को अभाबले स्कुल जान नसकेका का बालबालिका को लागि गैरः आबसीय नेपाली संघ जापान ले सचालन गरेको सहयोग संकलन अभियान सफल गराउन सहयोग गर्नुहुने संपूर्ण सहयोगी मनहरू लाई गैरः आबसीय नेपाली संघ जापान हार्दिक कृतज्ञता ज्ञापन गर्दछ/ / पहिलो दिन ब्याबसायी हरु बाट मा ७६,३७० येन र दोश्रो दिन जापान बाशी नेपाली हरुको तर्फ बाट १,४०,६८० गरि जम्मा २,१४,०५० येन जम्मा भएको छ / उक्त रकम को निष्ठा पुर्बक सही सदुपयोग गर्ने गैरः आबसीय नेपाली संघ जापान प्रतिबद्दता ब्यक्त गर्दछ/

आउदो नेपाल भ्रमण बर्ष २०११ र नेपाली संस्कृति को प्रबंधन को लागि आयोजित नेपाल महत्सोब को आयोजन गर्ने आयोजक हरु प्रति कार्यक्रम भब्यता का साथ सफल गरेको मा गैरः आबसीय नेपाली संघ जापान हार्दिक बधाई ज्ञापन गर्दछ/ साथै अहोरत सेवा मा तल्लीन हुनु भएका स्व्यम्सेबक साथी हरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौ/ अन्त्यमा टाढा टाढा बाट हिबिया पार्क को भ्रमण गरि नेपाल महोत्सब सफल बनाउनु हुने संपूर्ण नेपाली तथा जापानी अतिथि आगंतुक महानुभाब हरु लाई धन्यवाद ब्यक्त गर्दछ/

उक्त महोत्सब मा गैरः आबसीय नेपाली संघ जापान द्वारा संघ को स्टल मा आउनु हुने जापानी नागरिक लाई उहाहरुको नाम नेपाली मा लेखेर गैरः आबसीय नेपाली संघ जापान को पोस्ट कार्ड को साथ मा गौतम बुद्ध नेपाल माँ जन्मेका हुन भन्ने पोस्टर हरु समेत बितरण गरिएको थियो/ साथै स्टाल मा गैरः आबसीय नेपाली संघ जापान का क्रियाकलाप को फोटो प्रदशनी गरिएको थियो/ सबै अभियान मा गैरः आबसीय नेपाली संघ जापान का बर्तमान साथै पुर्ब सभापति हरु र पदाधिकारी साथी हरु को सक्रिय सहयोग रहयो/स्टाल मा गैरः आबसीय नेपाली संघ जापान लाई सुझाब संकलन, सदस्यको परिचय पत्र बितरण र नया सदस्यता बितरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो/


डा राजेन्द्र प्रसाद पराजुली
प्रबक्ता
एन आर एन जापान

http://www.photo.welovenepal.com/nepael-fesstivael-1sst-daey/p147979-nepael-fesstivael-2010.html