Saturday, March 8, 2014

प्रयोगशाला - सुधिर शर्मा - मेरो बुझाई

यो पुस्तक लेखकले भने झैँ नेपाली संक्रमणकालमा दिल्ली, माओबादी र दरबारको उतार-चढाबपूर्ण सम्बन्धलाई केन्द्रमा राखेर यी तिन पक्क्ष को भूमिकाको लेखाजोखा  गरिएको रहेछ| यसले माओबादी आन्दोलनको उठान बारे सयमित ब्याख्या दिएको छ| नेपाली समाजमा ब्याप्त अन्याय, शोषण  र  Service Delivery  को कमिले आन्दोलनको उठान भए पनि यसको फैलावटमा  दरबार र भारतको भूमिकाको सटिक बिश्लेषण गरेको छ| भारतको नजरमा एकातिर प्रचण्ड को अविस्वासनिय छबी   अर्कोतिर  डा बाबुराम भट्टराइको साच्चिकैको लोकप्रियता, प्राज्ञिक उत्कृस्टता र विश्वासनियता र आफ्नो राजनैतिक मान्यतामा निरन्तरता को कारणले यो माओबादी, दरबार र भारतको समिकरणमा निक्कै रोचक मोडहरु आएको देखाइएको छ|

मुख्यत सधै साचो नहुदा नहुदै पनि नेपाली नेताको हिनताबोध अर्थात् सबै कुरा भारतले चाहे मात्र सम्भब छ भन्ने लघुताभास नेतामा मात्र होइन कि समग्र समाज को मानसिकता मा हुनु सार्वभौमसत्ता को चुनौती हो भन्ने कुरा सोह्रै आना सहि छ|

बिशेष अवस्था र बिषय बाहेक डा बाबुराम भट्टराई ले भने जस्तै पहिले आर्थीक प्रगति अनि समानता, सार्वभौमिकता, र रास्ट्रबाद को लडाई प्राथमिकतामा पर्नु पर्दछ भन्ने  धारणा ठिक जस्तो लाग्यो|

नेपालमा मुद्दा उठान र बैठान मा [ जस्तै मधेस आन्दोलन, जनजाती आन्दोलन आदिमा] बिदेशीको बढ्दो हस्तक्षेप आस्चर्यचकित पर्ने खालको रहेछ|

एक अर्कोलाई प्रयोग गर्न खोज्दा राजसस्था को जरो उखेलिएको प्रसंग मार्मिक लाग्यो| भित्रि चलखेल बार्ताका प्रसंग, रुक्मांगद कटवालको भूमिका रमाइलो लाग्यो| ज्ञानेन्द्र को असफलताको कारण को बिश्लेषण चित्त बुझ्दो छ| भारतको नेपालमा  माओबादी  संसदीय दल  र दरबार संगको  सम्बन्धको उतार चढाब र बर्तमानको  सुरक्षा चिन्ताको नजरको हेराइ र भाबी आबस्यकता [उपल्लो स्तर को सम्बन्धको बिस्तारको खाचो] को बिस्लेषण सहि छ| माओवादी भित्रकै सक्ति सन्तुलन, र इतिहास रोचक ढंगले राखिएको रहेछ| नेपालमा कसरी गणतन्त्रको सम्भावना बढेछ त्यस्को सहि बिस्लेषण छ| समग्रमा नेपाल लाई  कसरी बिदेशी स्वार्थ [नीति] को प्रयोगशाला बनाइएको रहेछ त्यो बुझ्न यो किताब पढ़निय छ| धेरै कुराको गहिरो बिश्लेषण मिल्दछ| सुधिर शर्मा ज्युका अरु येस्तै कृति को अपेक्षा रहने छ|

पढ्न को लागि किताब उपलब्ध गराइदिने [साटासाट] चन्द्र साबी जी लाई धन्यबाद| 

मिति २०७० फाल्गुन
राजेन्द्र प्रसाद पराजुली 

भिक्टोरिया, क्यानाडा