Wednesday, April 4, 2012

पुस्तक पढे पछि_ किशोर नेपाल को "सहरको कथा"


किशोर नेपाल ज्यु को यो पुस्तकमा कथाकारले ४ प्रतिनिधि महिला पात्र को कथा पस्कनु भएको छ, बैजयन्ति, मानुषी , आरोजा र सारिका ..कथाको को मुख्य पात्र "कथाकार स्वयम लाई  अलि बढी महिला प्रति लोभी/ छुच्चो , परिवार प्रति गैर जिम्बेबार भएको देखाइएको छ,/  हुन् आधुनिक समाजका सहर का प्रतिष्ठित हरुको मुखुण्डो उतार्ने कोशिश हुन् सक्दछ यो /..बैजयन्ति को कथा पूर्ण लाग्दैन मानुषीको को सफलता अलि बढी देखाईयोकी? जस्तो लाग्दछ..खैर मेरो व्यक्तिगत विचार हो..म पेशेवर पुस्तक समिक्षक त् होइन ..अरोजा को चरित्र को अन्त्य अलि अस्वाभाविक लाग्यो/..सारिका को पात्र जिबन्त छ/..वर्तमान समाज का सफल मानिएका मान्छे, महत्वकाक्षि युबती को कसरि शोषण गर्दछन, र महिला हरु कसरि [रुप मा] सफल देस्खिन्छन  भन्ने कुरा राम्ररी देखाईएको छ/ यो पुस्तक पढ्दा अहिले को समाज [ सहर को] लाई बुझ्न सजिलो हुने देख्दछु/

महत्वकांक्षी  हुनु तर अस्वाभाविक रुपमा नहुनु ..सायद अरोजा को चरित्र बाट यहि सन्देश लिने हो कि?

यो  पुस्तक पठाउने भाई रमेश लाई धन्यबाद /

राजेन्द्र पराजुली
टोक्यो जापान
मिति २०१२ अप्रिल ५

बाँकि  अर्का समिक्षक को नजरमा 

साभार http://pokharasamachar.com/?p=5664

सेक्सिलो ‘शहरको कथा’

मनोज घर्तीमगर । वरिष्ठ पत्रकार किशोर नेपालको तेस्रो उपन्यास ‘शहरको कथा’ यतिबेला बजारमा छ्याप्छ्याप्ती छ । विभिन्न सपना बोकेर शहर झरेका हजारौं युवायुवतिको कथा बोकेको उपन्यास साँच्चिकै पठनिय छ । जुंगा अनि कपाल समेत फुलेर सेतै हुनु भएका किशोर नेपालको नामसँग उहाँको स्वभाव पनि ठ्याक्कै मेल खान्छ । उमेरले पाको भए पनि उहाँ सँधै किशोर देखिनुहुन्छ, आफ्नो लेखन शैलिमा मात्रै हैन व्यावहारिक रुपमा पनि । पत्रकारितामा यति लामो समय बिताईसकेका किशोर दाईको लेखनी अझै पनि युवापिढीमा केन्द्रित छ ।
संगत पनि युवासँग नै बढि भएको देख्छु । पत्रकारितामा लामो समय बिताएपछि दाई बन्नेहरुका अगाडी किशोर दाई साँच्चै ईश्र्याको पात्र हुनुहुन्छ । कारण उहाँ यो उमेरमा पनि साहित्य र पत्रकारितमा उत्तिकै सक्रिय हुनुहुन्छ । त्यो पनि पुरानै ढर्रामा नभई नयापुस्तासँग घुलमिल गर्दै । अघिल्लो पुस्ताका धेरै दाई पत्रकारहरुले पछिल्लो पुस्ताका पत्रकारका कुरा त सुन्दैनन् भने यो जमानाको युवापिढीको कुरा बुझ्न कसरी सकुन् ? सायद त्यसैले हो की उनीहरुले युवालाई पछाडी त लगाउन चहान्छन् तर, उनीहरुको भावना बुझ्न सक्दैनन् ।

हरेक कुरा फरक तरिकाले विश्लेषण गर्ने किशोर दाई अन्य पत्रकारभन्दा फरक दृष्टिकोणको हुनुहुन्छ । त्यसैले उहाँ द्धन्दकालमा देशदौडाहामा जाँदा देखेको घटनाक्रमलाई टिपेर ‘शहरको कथा’ मा उन्नु भएको छ । सत्य कुरालाई ओकल्न बढि साहित्य घुसाउने नाममा लेखक बाहेक अरुले नबुझ्ने बनाउनै पर्दैन । सत्य कुरालाई त केवल शिलशिला मिलाएर लेखे पनि राम्रो हुनसक्छ । किशोर दाईले यहि नेपाली समाजमा भएका परिदृश्यलाई शिलशिलेवार रुपमा लेखेर पुस्तकाकार दिनु भएको छ–शहरको कथा मा ।
नेपाली समाजमा अझै पनि खरो सत्य बोल्न हिच्चिकिचाउनेहरु बढी छन् । सत्य कुरा सँधै तितो हुन्छ । त्यो तितो बोल्ने दुस्साहस गर्नु भएको छ उहाँले ।
किशोर दाई उसै त ठाडो स्वभावको मान्छे हो । मन पेटमा पाप नहुने मान्छे बढि खरो हुन्छ । त्यहि भएर उहाँ ‘शहरको कथा’ मा पनि खरो रुपमा प्रस्तुत हुन भएको छ । पछिल्ला सयमा बजारमा आएका अन्य उपन्यास लेखकको भन्दा निकै फरक लेखन शैली छ किशोर दाईको । पुराना ढर्राका लेखकले अहिलेका युवायुवतिको बारेमा के लेखुन् । कारण अहिलेका युवायुवतिले प्रयोग गर्ने भाषाको भेउ नै पाउँदैनन् उनीहरु । तर, किशोर दाईले रिपोताज शैलिमा लेखेको उपन्यासले अहिलेका युवायुवतिको दुरुस्तै कथा उतारेका छन् ।
मुख्य पात्र अरोजा र म पात्रको वरिपरि घुमेको यो उपन्यास पढ्ने जो कोही युवायुवतिलाई कतै आफ्नै कथा त हैन भनेर सोच्न बाध्य तुल्याउँछ । अरोजाका अनेकखाले रहर र सोख अनि कहिल्यै पूरा नहुने इच्छामा डुबुल्की मारेको छ उपन्यासले । कानुनकी विद्यार्थी मानुषी पहिले पतिको दुःख पाए पनि उसकै कारणले पछि उदार बनेकी छे । मानुषी पात्रका माध्यमबाट किशोर दाईले पछिल्लो सयम मायाप्रिती गाँस्ने मुस्किल नमान्ने युवतिको चरिच चित्रण गरिदिनु भएको छ । बैजेन्ती थारुले उपन्यासको उठान गरेकी छे । उसको प्रेमि जो बुटवमा भएको दोहोरो भिडन्तमा ज्यान गुमाउँछ । जसले माओवादीको जनयुद्धमा थारु समुदायका युवायुवति कसरी प्रयोग भएका थिए भन्ने देखाउँछ । अरोजालाई भित्रैदेखी जलाउने सारिकाको चरित्र भएका केटीहरु सहरमा आजभोली छ्याप्छ्याप्ती पाईन्छन् । उपन्यासको म पात्र उपन्यासको सुरुदेखी अन्त्यसम्म सँगै रहन्छ । बेला बेला भेटिने म पात्र कतै लेखक नै हुन्की भन्ने शंका गर्न बाध्य बनाउँछ । उपन्यास पढिरहँदा कतै लेखककै आत्मकथा त हैन भन्ने शंका पनि फैलाउँछ । सुरुवात बैजेन्ती थारुबाट भए पनि सुरुदेखी नै अन्त्यसम्म उपन्यास सेक्सको वरिपरि फन्का मार्छ । शब्दका माला बुन्न खुंखार किशोर दाई उमेरले बुढा भए पनि उपन्यासमा साँच्चिकै किशोर देखिनु भएको छ ।
उपन्यासमा पोखरा, काठमाडौ, लगायतका शहरमा युवायुवतिले बोलिने अंग्रेजी मिश्रित भाषा छन् । जसलाई अघिल्लो पुस्ताका मान्छेले त केही बुझ्नै सक्दैनन् । तर, रंगिला किशोर दाईले पछिल्ला पुस्ताको दह्रो आवाज यथार्थ रुपमा बाहिर ल्याईदिनु भएको छ । बढी रंगिलो देखिने किशोर दाई उपन्यासमा त रंगिलो मात्रै हनै निकै सेक्सि रुपमा प्रस्तुत हुनु भएको छ । किशोर दाईले उपन्यासमा अरोजा नामक पात्रबाट अहिलेका युवतिहरु आफ्नो आवश्यकता पूरा गर्न आफ्नो शरिर अर्कालाई सुम्पन समेत तयार हुन्छन् भन्ने देखाउन खोजिएको छ । यो उनीहरुको रहर नभई बाध्यता पनि हो । सेक्सी पात्रले भरिपूर्ण उपन्यास अलि बढी सेक्सीलो छ । प्रौढ व्यक्तिभन्दा युवासँगै रल्लिन मन पराउने किशोर दाईको उपन्यासले अहिलेका किशोरकिशोरीको कथालाई उतारेको छ । अनेक सपना बोकेर शहर झर्ने युवतीको यथार्थ कथा उनिएको उपन्यासमा । किशोर दाई आफै पनि सेक्सलाई केन्द्रमा राखेर लेख्ने लेखक हुनुहुन्छ । उहाँले प्रयोग गरेका केही पात्रको सेक्स अनुभव असाध्यै दुःख अनि पिडादायी पनि छ । प्युठानको खलंगामा भेटिएकी उमा सशस्त्र द्धन्दबीच हराएको सेनाको सुवेदार दाजुको रिक्तता पूरा गर्न परिवारको बाटो खोज्छे । जवान उमासँग उसकै दाजुको साथी संसदले नै कोरियादेखी क्यासिनोसम्म जागिरेको आश्वासन दिएर उसको जवानीको फाइदा उठाउँछ । यस्ता पात्रहरु यहाँ छ्याप्छ्याप्ती छन् ।
मानुषीको जीवन बन्धबाट मुक्त भएको एक सफल कथा त हो नै सेक्स उसका लागि पतिलाई खुसी बनाउने साधन हुन्छ । पात्रका थुप्रै सम्वाद बढी अपाच्य जस्ता लाग्न सक्छन् । तर, यथार्थ सँधै तितो हुने भएकोले यथार्थ कथा बोकेको उपान्यस शहरको कथा को भाषा अपाच्य लाग्नु स्वभाविकै हो । छोटकरीमा भन्नुपर्दा ‘शहरको कथा’ उपन्यास आम नेपाली युवाहरुले भोग्नु परेका पिडाहरुको वर्णन हो । कारण लेखक दन्दकालमा देशको भ्रमणमा जाँदा देखेका अनुभव गरेका सत्य कुराको लेखोट हो ।